परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मोराहाङको नामाकरणबारे ।
वष्णुकुमार खापुङ, मोराहाङ-४ सङ्कलक

तेह्रथुम जिल्लामा ३२ वटा गा.वि.स. हरुमध्ये मोराहाङ गा.वि.स. पनि एक हो । जुन सदरमुकाम म्याङलुङदेखि करीब ६ कोष उत्तरी दिशातिर अवस्थित छ । यो मोराहाङ गा.वि.स. को दक्षिणमा आङबुङ गा.वि.स. पश्चिममा सङ्खुवासभा जिल्ला उत्तरमा श्रीजुङ गा.वि.स. र पूर्वमा पौठाक गा.वि.स. तथा ओयाक्जुङ गा.वि.स. पर्दछ ।

भौगोलिक विवरण सम्पूर्ण उल्लेख गर्नुभन्दा पनि यस ठाउँको नाम किन "मोराहाङ" रहन गयो - यस प्रश्नको उत्तर छोटकरीमा प्रस्तुत गर्न प्रयास गर्नु उपयुक्त होला । यस प्रश्नको उत्तर पुराना भनाई तथा कथन र जनश्रुतीलाई आधार मानी उल्लेख गरिएको हो । जुन कथन यस प्रकार छ ।

हालको मोराहाङ गा.वि.स. को वार्ड नं. ७ मा "गने" नामको एक विशाल ओडार छ, जसलाई गने ओडार भनिन्छ । त्यस ओडारमा आजभन्दा धेरै वर्षअगाडि एक लाटा मान्छे (व्यक्ति) बस्थ्यो । लाटा मान्छेलाई गने पनि भनिन्छ । त्यस ओडारमा लाटा मान्छे बस्ने भएकोले त्यस ओडारको नाम "गने ओडार" रहन गएको हो भन्ने बुढापाकाहरुको भनाई छ । जुन ओडार यद्यपि छँदैछ । ओडार ठूलो र फराकिलो छ । आजभन्दा केहि वर्षअगाडि आज भोलीका आधुनिक तरीकाका तेल पेल्ने मिलहरु यस ठाउँमा नआएसम्म त्यो ओडार वरिपरीका मानिसहरु त्यही ओडारमा गई पुरानो तरीकाको परम्परागत तेल पेल्ने कोल प्रयोग गरी तेल पेल्दथे । अब प्रसङ्ग उठाउँ मोराहाङको त्यो गने ओडारको ठीक माथि विशाल भिर छ । त्यस भिरको करीब मध्य भागमा एउटा मुखजस्तो आकृतिको दुलो (भ्वाङ) छ । लिम्बू भाषामा मुखलाई "मुरा" र दुलोलाई "हङ" भनिन्छ । यसरी त्यस दुलोको अवस्थितिको कारण वा भन्नाले मुखजस्तो दुलो "मराहङ" भनी यस ठाउँको नाम रहन गएको हो भन्ने भनाई छ । कालान्तरमा समय वित्दै जाँदा "मराहाङ" शब्द अपभ्रंश भई मोराहाङ हुन गएको हो ।
स्रोत बुढापाकाहरु
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com