परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मुना फेक्वा मुन्धुम


भू.पू. राष्ट्रिय पञ्चायत सदस्य (माननीय) स्वर्गीय भीमराज खापुङहाङको विक्रम संबत २००६ सालतिर सिक्कीम यात्राको क्रममा एकजना मान्छेसँग भेट हुँदा एक हस्त लिखित मुन्धुम संकलन गरेर ल्याउनु भएको थियो । सो हस्त लिखित मुन्धुमलाई जिल्ला तेह्रथुम मोराहाङ गाउँ विकास समिती वडा नं. २ निवासी निजका सहादर भाइ श्री रमेशराज खापुङहाङले उल्था गर्नु भएको हो । सो मुन्धुमलाई वंशावली तयारको क्रममा समावेश गर्नु सान्दर्भिक ठानी यहाँ समावेश गरिएको छ ।
श्री मुजोकलुङ्ग माङ (परमात्मा) ले आदिम युगमा सुमोप्मा लाजे (पवित्र स्थान) हिमालनेर मुना मैदानमा मानिस जातिको उत्पन्न गराउनु भयो । श्री मुजोक्लुङ्ग माङ -परमात्मा) को छोराको नाम इक्साकामेनु हो । इक्साकामेनुको छोराको नाम याकोवा हो । याकोवाको छोराको १७ भाइमध्ये साइँला छोराको नाम पुसुपा र पुसुपाको छोरा २ भाइमा जेठाको नाम मनसन्ते र कान्छाको नामर् इभारामेनु हो । जेठा मनसन्तेको वंश बढ्दै गएर धेरै भएको हुँदा उत्तर तिब्बत र ल्हासासम्म बसोबास भयो । भाइ इभारामेनुको पनि आफ्नो सन्तानहरु हिन्दुस्तान तर्फलागी गंगाजिमा गएर बसे । पछि पछि यो वंशमा सेनमकुवान नाम भएका २ जना वंशहरु निस्के । यहि वंशसँगै मनुवाफेक्वा (मंगोलियन) हरु धेरै थिए । सेनमकुवानहरु पनि यही समूहतिर गए । यो वंशहरु कोही काँशीमा आई १२ वर्षसम्म राज्य शासन गरे । त्यसपछि लङ्कातर्फआए र धेरै पुस्तासम्म बसे । त्यसपछि हिन्दूस्थान तर्फआएर यी सौमर वंशी किराँतीहरु नेपाल खाल्टोमा आई गोपाल वंशी राजासँग लर्डाई गरी सो राज्यमा आफ्नो अधिकार जमाए । किराती राजा (१) यलम्बरले धेरै वर्षराज्य गरे । (२) मथाइ (३) दुस्का (४) बलञ्च (५) हुति (६) हुमति (७) डोनङ (८) गलिङ (९) पञ्जाब (१०) तुस्करा (११) पस्तेक (१२) शुसुनन्द (१३) भुस्का (१४) विषिङ्ग (१५) चेक्ले (१६) खोगो (१७) स्तांगो (१८) प्रभा (१९) पुस्कर (२०) किस्ताङ (२१) शुबजेकु (२२) सोम वंश (२३) गान्तिहाङले २३ पुस्तासम्म राज्य गरे ।

यो किराती राजा पूर्वतिरबाट आई खाम्वोकवाहाङ्ग (भुइँभुट्टा) वंशसँगै बसी मरे । गान्तीहाङ्गको छोरा पेवा अतिहाङ्ग भयो । पेवाङहाङ्गको छोरा देवोशंख, देपोशंखको छोरा संखदेउ, संखदेउको छोरा देवोशंख, देवोशंखको छोरा देउभिच्छु देउभिच्टुकको छोरा देउबल्क, देउबल्कको छोरा देउबन्त, देउबन्तको छोरा देउबारुक, देउबारुकको छोरा याङचो, याङचोको छोरा सोतुमहाङ्ग, सोतुमहाङ्गको छोरा लिंतुम्हाङ्ग, लिंतुम्हाङ्गको छोरा लिजेक्हाङ्ग, लिजेक्हाङ्गको छोरा मकुनहाङ्ग, मकुनहाङको छोरा तेन्देहाङ्ग, तेन्देहाङको छोरा कुन्दुचापा, कुन्दुचापाको छोरा चार भइ भए । चार भाइ छोराहरुलाई चार भाग गरी राज्य छुट्याई दिए । चार भाइ राजकुमारहरुका नाम (१) मुन्धुगेन (२) सागधुन्गेन (३) केनेमान (४) याक्चुक्मा । चार भाइमा मुन्धुगेन र सागधुन्गेनका सन्तान लिम्बू भयो । केनेमानु र याक्चुकमाका सन्तानर् इमेपानु खम्बु भए ।

सेन मक्वान वंशहरु पाल्पा, तेनहाङ्, गोरकहाङ्ग, मालिहाङ्ग ओसिहाङ्ग, मारिहाङ्ग, बलिहाङ्ग, सतहाङ्ग, बाजहाङ्ग सम्बन्धित मानिसका राज्य थलो एउटा बनाए । यो सेन मकवान भनियो यो पछि अरु मानिसले मकुवान्पुर मात्र भने । यो वंशहरु पनि माथि कमुकआम भन्ने गाउँ तिर गएर बसे । पछि हर्वहाङ्ग नाउँ गरेका एउटा राजाले विहारमा राज्य गरे । हर्वहाङ्ग राजाका २ जना छोराहरु थिए । उनहिरुका नाम सत्रकर र किचक थियो । सत्रकर राजाले सात पुस्ता राज्य शासन गरे । खेवाहाङ्ग मोरङको राजा भए । वाजाहाङ्गका सन्तान सिंगराइ भयो । सिंगराइको छोरा विजयपुरका राजा भए । विजयहाङ्ग मोरङ र पहाडतिरका राजा भए । आरम्भमा दश सरदारहरुका आगमनपछि यहि वंशजबाट आजको यो लिम्बूवान धनुवाणले विजय प्राप्त भएको हुँदा यो हाम्रो पल्लो किरात देश दश भागमा बिभाजन गरी त्यसै दिन देखि दश लिम्बू भन्ने नाम राखिएको हो । यहि नामले सुषुप्ति लिम्बू जातिहरुलाई व्युझाउँदै ल्याई रहेको छ । यहि नै हो दश लिम्बूका मातापिता पर्ूखा दश लिम्बूवान भन्ने नाम उत्पन्न गराउने अघि सेन मकुवानपुरमा किराती राजाहरु थिए । पछि पूर्व उत्तर तर्फजाने बिचार गरेको हुँदा तीन जना फेदाङमा पुरोहितहरुले दश लिम्बूसँगै एक साथ जानु पर्छ भनी सात जना दाजु भाइ वंशहरु उत्तर तिब्बत तर्फतिर्थयात्रा गर्न भनि गएकोमा ल्हासासम्म राज्यशासन गरी बसे । अरु सात जना दाजु भाइका वंशहरु पनि काँशी तर्फजाने भनि पहाडि ठाउँको बाटो हिड्दै काँशीमा पुगी बसोबास गरे । त्यसपछि आफ्नो वंशहरु धेरै बढ्दै गएकाले हिन्दुस्थानका मैदानमा आइ बसे । यसै वंशका एउटा दल चीनमा गई राज्य स्थापित गरी बसोबास गर्यो र यहि सौभर वंशलाई मंगोल वंश पनि भन्दथे । यसै दलका एक शाखा छुट्टिएर पञ्जाब हुँदै काँशीमा आएर बसे ।
धेरै पुस्तापछि यी मंगोलियन वंशहरु काँशीबाट नेपाल पूर्व पल्लो किरातमा आउँदा त्यसबेला फेदाप वा पल्लो किरातमा आदिम युगदेखि बसोबास भई रहेका आपुङ्गी राजाहरु थिए । उनिहरुका नाम यिनै हुन् ।
(१) हुन्देन्हाङ्ग (२) याकोतेन्दोहाङ्ग (३) चेशविहाङ्ग (४) लारासो पाम्बोहाङ्ग (५) खेसिवाहाङ्ग (६) इकासोहाङ्ग (७) खादीहाङ्ग (८) इमेहाङ्ग । यी आठ राजाहारु मुन्धुमबाट आदिम पूर्खा याकोबाको १६ भाइ छोराहरुको वंशज भै पूुर्व अबस्थल नछोडी बसोबास भै रहेका छन् । अब आगन्तुक दश सरदारहरुको नाम (१) चोसोईङ तागेला इक्सवारोहाङ्ग (२) थिन्दाङ सावारोहाङ्ग (३) थोसोदिङ सावारोहाङ्ग (४) थोदिङ ताङसाक सावारोहाङ्ग (५) योफोदिङ्ग सावारोहाङ्ग (६) पोगुप लुङमा खाम्बेक सावारोहाङ्ग (७) योक्थोदिङ्ग सावारोहाङ्ग (८) योगुपलुङ्ग आदिङ्ग सावारोहाङ्ग (९) योक्फोदिङ्ग इगाङ्गलाईङ्गबोहाङ्ग (१०) तोतोलि तोइङबोहाङ्ग । दश सरदारहरुका साथमा तीन पुरोहित थिए । तिनीहरुका नाम यस प्रकार छ । (१) फेजिरी फेदाङमा (२) साम्बाहार्ङर् इप्लाङहाङ साम्न र (३) साम्मुन्धुम मुन्धुम । यि पुरोहितहरुको सल्लाह बमोजिम दश सरदारहरु र यिनका रैयतहरु चल्थे । फेजिरी फेदाङमाले जन्मँदा, मर्दा, विवाह गर्दा आदि कर्म काण्डमा । साम्बहाङ इप्लीहाङ्ग साम्बले दुःख विमारमा बैद्यको काम गर्थे । साम्मुन्धुमले वंशावली इतिहास लेख्थे ।

उपरोक्त दश सरदारहरुले बासिन्दा आठ किराती राजाहरुसित बस्ने अनुमति मागे । आठ किराती राजाहरुले पनि आ-आफ्ना राज्यमा बस्न दिए । धेरै समयपछि दश सरदारहरुका सन्तान बढ्दै गए । जे भएता पनि दश सरदारहरुका सन्तान आठ राजाहरु मै गनिन्थे । तर यि नौला रैयतहरुका सन्तान धेरै बढेको देखि आठ राजाहरुको मनमा शंका उत्पन्न हनु थाल्यो । यिनिहरुको संख्या बढेपछि वंशमा नआउला भन्ने शंका लिई आठ राजाहरुले उनीहरुलाई हरेक किसिमबाट दबाएर राख्ने बिचारले तिनीहरुसित दास झैं व्यावहार गर्न लागे । यस्तो अन्याय सहन नसकी यी दश सरदारहरुका प्रत्येक लडाकु वीरहरुले लर्डाई गर्नु पर्छ भनी अम्बे पोजोमा, नागेलुङ्मा, सुम्हुङ्लुङमा भन्ने जग्गामा भेला भए । त्यहाँ तीन वटा रातो ढुंगा गाडी तीन वटा आँप रोपी अनि शुद्ध जलले चोख्याई त्यस जग्गालाई देवस्थल माने । सबैले त्यस देवस्थलमा ढोग गरी युद्धमा विजय प्राप्त होस भनी बल मागे । जबसम्म हामी यी निष्ठूरी राजाहरुको र्सबनास गर्दैनौं तबसम्म घर र्फकन्नौ । यदि युद्ध क्षेत्रबाट काफर (कायर) भई भागेछौं भने यो देवस्थलले पिरेर हाम्रो जन्म युग उन्नती नहोस भन्ने बाचा गरी व्रि्रोह मच्चियो । ती आठ राजाहरु सबै रणभूमिमा मारिए । बाँचेका सेनाहरु पनि सबै युद्ध भूमि छोडी मागे । यो देश धनुवाणको सहयताले जितेको हुनाले लिम्बूवान भन्ने नाम राखियो । यो दश प्रदेश लिम्बूवानका बासिन्दाहरुलाई अब उप्रान्त दश लिम्बूका वंश हो भनी सम्बोधन गर्नु पर्छ भन्ने ठहर्याए । यस युद्धमा आठ राजाहरुका रहल -रहेका) रैयतहरु किराती लाप्चा सबैले यो नयाँ लिम्बूलाई ग्रहण गरी दश लिम्बूका प्रजा भई बसे । देश यसरी बाँडे (१) तमर खोला साम्लुप्ली साम्बाहाङले पाए । तीनले तमर खोला योक बनाए । (२) तेह्रथरे ताम्पेसो फेरुङले थालायोक बनाए । (३) थोक्योसो आम्बुहाङले योमाजोङ गढ बनाए । (४) सेङसेकुम फेदापहाङले पोक्लाबाङ गढ बनाए । (५) याङरुक तिन्दोलुङ कोयाहाङले मेरिङदेन योक बनाए । (६) मेवाखोला सिसियुङ सेरेङहाङले मेरिङदेन गढ बनाए । (७) पाँचथर इनासो पापोहाङले यासोक फेदिन योक बनाए । (८) छथर ताम्लुङ्ग खजुम्हाङले चाम्लिङ्ग चिम्लिङ गढ बनाए । (९) चौविस सोइयाक लायोहाङले पाए । तीनको साँगुरी गढ बनाए । (१०) चार खोलार् इमेहाङले पाए । तीनको प्रजा लाप्चा मात्र हुँदा लाप्चेहारुले राजा अर्थातर् इमेहाङ, तीनले आङदोर्ङर् इलाम गढ बनाए । खाम्बोक्पाहरु भुइँपुट्टा थिए । ताङसाङ थावाहाङको नाम किराती श्रीजङ्गा थेबे मुनाफेन किरातीको नाम (१) श्री यलम्बरहाङले धेरै वर्षराज्य शासन गरे । (२) श्री बरब कृतिहाङले नेपालमा ७३ वर्षराज्य गरे । (३) मोइहाङले पनि ७३ वर्ष (४) धुस्काहाङले ३५ वर्ष (५) बलन्चहाङले ३१ वर्ष (६) हुमतिहाङले ५० वर्ष (७) जितेदाष्टीहरुले ६० वर्ष (८) हालिहाङले ३८ वर्ष (९) पञ्चकहाङले ७१ वर्ष (१०) नादोकहाङले ४१ वर्ष (११) पारुहाङले ५३ वर्ष (१२) फुसेहाङले ५३ वर्ष (१३) सुनादोकहाङले ५० वर्ष (१४) धुनकहाङले ५८ वर्ष (१५) कृतिहाङले ५९ वर्ष (१६) चनाहाङले ६३ वर्ष (१७) कलेकहाङले ६० वर्ष (१८) खेगुहाङले ८३ वर्ष (१९) तोगोहाङले ४२ वर्ष (२०) प्रभाहाङले ३१ वर्ष (२१) पुस्करहाङले (२२) कृष्णहाङले ५८ वर्ष (२३) सुगजेहाङले ५२ वर्ष (२४) देउवान्तहाङले ६८ वर्ष (२५) माङसहाङले ६२ वर्ष (२६) निमाहाङले ६२ वर्ष (२७) गस्तेहाङले ८१ वर्षम्म नेपालमा राज्य गरे ।

(१) पेवाहाङले लिम्बुवानमा आएर १ वर्षराज्य गरे । (२) देउशङ्कहाङले १३ वर्ष (३) शङ्कर देवहाङले ११ वर्ष (४) देवपुरहाङले ४३ वर्ष (५) देवभिचुकहाङले ४१ वर्ष (६) देउवल्केहाङले १९ वर्ष (७) देवबन्दुकहाङले ३९ वर्ष (८) देउवरहाङले ३७ वर्ष (९) सोतुम्हाङले ५१ वर्ष (१०) लिम्तुम्हाङले ३३ वर्ष (११) लिजेकहाङले ३५ वर्ष (१२) मपुडण्हाङले २१ वर्ष (१३) तेन्देहाङले ३९ वर्ष (१४) कुन्दुचापाहाङले १३ वर्षराज्य गरे । कुन्दुचापाहाङ राजाले यो लिम्बुवानमा आफ्नो चार भाइ छोराहरुलाई चार भाग गरी राज्य बाँडि दिए । छोराहरुको नाम यस प्रकार छ । (१) जुवा मुन्धुमगेनहाङ (२) माइला सागेधु गनेहाङ यि दुई भाइ पाँच थर, छथर, मैवा, मेवा, फेदाप, आठर्राई, चौविस, याङरुक, मोरङ्गका राजा भए । (३) साइला केनेमाहाङ चार खोलाको राजा भए । (इमेपालाप्चे) (४) कान्छा माक्चुमाहाङ खम्बुवानको राजा भए । (खम्बु)


खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com