परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
किरात शब्दको उत्पत्ति
स्व. रमेशराज खापुङहाङ

किरात शब्दको उत्पत्तिबारे विभिन्न मतहरु छन् । इमान सिं चेम्जोङ्गका अनुसार किराँत शब्द किरिआत शब्दको अपभ्रंश हो । किराँत शब्द किरावाको अपभ्रंश हो भन्ने भनाई पनि छ । दन्त्यकथा तथा अनुसार किरावा बाघको दाजु हो । त्यस सम्बन्धमा बान्तवा र्राईहरुमा प्रचलित दन्त्यकथा यस प्रकार छ । किरावा (किरात), किवा (बाघ) र माक्सा (भालु) एकै आमाका सन्तान थिए । तिनीहरु हुर्केपछि जंगलमा शिकार खेल्न (गर्न) थाले । भालु अति अल्छे थियो । किरावा र बाघको बीचमार् इष्र्या र बैमनस्यता थियो । एकले अर्कालाई मार्ने षडयन्त्र गर्न थाले । एक दिन बाघको नियत के रहेछ भनि जान्नलाई किरावाले ठूटामा आफ्नो लुगा राखेर मानिस जस्तो बनाएर किरावा सिम्बलको रुखमा बसी हेरी रहयो । यसमा बाघ आएर ठूटालाई किरावा ठानेर त्यसलाई मार्ने बिचारले झम्टयो । रुखमा बसि रहेको किरावाले बाघलाई सोध्यो । "भाइ तिमीले के गर्न आँटेको हो" रुखमा किरावालाई देखेर बाघले भन्यो "मैले तिमीलाई ब्युँझाउन खोजेको हुँ" यस बेला किरावा रुखमा बसेर खाजा खाई रहेको थियो । बाघले सोध्यो "किरावा दाइ त्यहाँ बसेर के खाँदैछौं ? " किरावाले भन्यो "म खाजा खाँदैछु ।" बाघले भन्यो "किरावा दाइ म पनि खाजा खान्छु" किरावाले भन्यो त्यसो भए मुख "आँ गर" त्यस पछि बाघले आफ्नो मुख आँ गर्यो । त्यसै बखत किरावाले बाघको मुखमा तीर हान्यो र बाघ मर्यो । किरावाको अपभ्रंश किरात हो ।
प्रारम्भमा श्री मुजोक्लुङ माङ (परमात्मा) ले सुभोमा लाजे (सुनसान पवित्र स्थान) हिमालय मुना मैदानमा आफ्नो बच्चा जस्तो गरी एक मनुष्यको सृष्टि गराउनु भयो । परमात्माको छोरा किरातीका मूल पर्ूखाका छोराको नामर् इक्साकामेनु हो । उही इक्सा कामेनुको छोरा याकुवाको छोरा सत्र भाईमा साइँलाको छोरा मनसान्ते र इभारामेनु हो । यी दुई भाइका सन्तान बढ्दै धेरै धेरै भएकाले चारै तिर हिन्दुस्तान लङ्का र तिब्बत ल्हासा आदि चीनसम्म पनि पुगी राज्यस्थापित गरी बसेको र सो स्थानबाट (चीनबाट) केही शाखा छुट्टिएर र्काँशीबाट सिमाङगढमा आई राज्य शासन गरी बसेका थिए । अन्तमा दश सरदार नामले नेपाल पूर्व पल्लो किरात आफ्नो प्रथम अवस्थलमा आई बस्नेहरु पूर्खा याकोबा कै वंशजहरु हुन कि भन्न सकिन्छ । यही स्थानमा आदीम युगदेखि बसोबास गरी रहेका आठ किराती राजाहरुसँग अनुमति मागी बसोबास गर्न लागे । पछि पछि आफ्नो वंश बढ्दै धेरै बढ्दै गएपछि आदिबासी किराती राजाहरुसँग युद्ध गरी धनुवाणको सहयताबाट आदिबासी राजाहरुलाई मारे र देशको नम लिम्बूवान राखियो । दश सरदारहरुले जितेको हुनाले यो देश दश भागमा विभक्त भयो । र सेङसेकुम फेदापहाङ्गका वंशज मध्ये एउटा समूहको आज तकको पुस्तावली विवरण स्पष्ट हुन आएको यो समुहलाई खापुङहाङ भनिने गरिएको छ ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com