परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
तेह्रथुम मोराहाङमा गौखुरी देवीको उत्पत्ति बारेमाः
योगेन्द्र खापुङहाङ

गौखुरी देवी भन्ने बित्तिकै भक्तजनहरु, साथै अन्य मुलुक बासीहरुलाई मनमा खुलदुल्ली त हुने नै पर्‍यो कहीले कसरी भन्ने जिज्ञासा पैदा भई नै हाल्छ । इतिहासमा धेरै भनाई तर्कहरु समावेश भएका छन साथै अन्य पुस्तकहरुमा पनि पढी सक्नु भएको होला तर खास इतिहास चाही यसरी सुरु हुन्छ "हाम्रा" पुर्खा, जयमान खापुङहाङले खेत बारी बिर्राई अन्नाज धान कोदो बाली लगाउनु हुन्थ्यो जब अन्नाज धान बाली पाके पछि हेर्न जाँदा त्यहाँ एउटा गाई आई धान खाएर माडेर जान्थ्यो तर गाई चाही देखिदैन थियो र त्यसको बचाउको लागि जयमान खापुङहाङले त्यस क्षेत्रलाई वरीपरि बारी गाईबस्तु छिर्न नसक्ने गरी बनाए र घर फर्केको भोली पल्ट जाँदा त्यस क्रम उस्तै जारी हुन्थ्यो । अचम्म मानी सबै गाउँका मानीसहरु जम्मा भई छलफल गरी अझैं सक्रिय भएर चियो चर्चा गर्न थाले र पनि केही लागेको थिएन एक दिन जयमान आफैं आएर नियालेर त्यस क्षेत्रलाई निगरानी राख्न थालेको आवस्थामा एउटा राघी गाईले धान खाई रहेको देखि अचम्म परी हेरी कुरी बसे अब यो गाई कता जान्छ के गर्छ भनी चुप लागेर बसे केही समय पछाडि गाई निस्केर त्यही नजीकैको गुफामा गई पस्यो र जयमान छक्क परी सबै गाउँलेहरुलाई डाकी हो हल्ला गरी त्यहाँ जम्मा भए र अब के गर्ने भन्ने कुरा उनीहरुले निश्चय गरी त्यस गुफा भीत्र पस्ने योजना मीलाए र राँको बाली त्यस अध्यारो गुफा भीत्र प्रवेश गरे । ५/७ मीटर पर एउटा सिला ढुङ्गाको मुर्ति दुरुस्त गाई बसिरहेको जस्तो रहेको देखे साथै गाईको थुनबाट दूध बगीरहेको थियो । र उनिहरुले बिचार गरी यो पक्कै पनि देवी अल्पीएको भन्ने निश्चय गरी त्यस ठाउँलाई सफा गरी बाहिर पनि देवीको थपना गरी पूजा गर्न थाले र त्यस दिन देखि नै गाईले धान खान छोडयो साथै देवीको नाम पनि गौखुरी देवी भनेर नामाकरण भयो । मुख्य रुपमा खापुङहाङहरुले नै मान्दै आएका छन । बर्षै पिछे माघे सक्रान्तीको दिन त्यस ठाउँमा मकर नुहाउनु साथै भीत्र दर्शन गर्नेहरुको भीड हुन्छ । प्राय नेपाल अधिराज्य भरीका र भारत समेतको भक्तजनहरुको भेला हुने गर्दछ । साथै त्यसै दिनदेखि ३ दिन मेला बजार पनि लाग्ने गर्छ । त्यस ठाउँलाई मुख्य धार्मीक स्थल मानी प्रत्येक वर्षभक्तजनहरुको भीड लाग्ने गर्दछ । सोही मन्दिरको खोला पारी भकारी भन्ने मन्दिर पनि छ । माघे संक्रान्तिको बेला भक्तजनहरु त्यहा पनि पूजा र दर्शन गर्न जाने गर्दछन् ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com