परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
संक्षिप्त चिनारी आदिवासी जनजातिको रुपमा लिम्बू जाति
शिक्षक विष्णु कुमार खापुङहाङ
सिद्धकाली मा.वि. मेहेले
विषय प्रवेशः- राज्य निर्माणको तत्वहरु मध्ये एउटा तत्व जनसंख्या हो । कुनै एक निश्चित भौगोलिक प्रदेश भित्र बसोबास गर्ने मानिसहरुको संख्या नै जनसंख्या हो । वि.सं. २०४८ को जनगणना अनुसार नेपालको कूल जनसंख्या १,८४,९१,०९७ रहेकोमा ६५,७२, ३६५ जनसंख्या अर्थात ३५.६% भाग जनजातिले ओगटेको छ । श्री ५ पृथ्वीनारायण शाहको महानवाणीबाट प्रष्ट हुन्छ कि नेपाल चार वर्णछत्तीस जातको साझा फूलवारी हो । यहाँ विविध जात तथा जनजातिहरुको बसोबास रहेको छ । नेपलमा बसोबास गर्ने विविध जात जातिहरुको आ-आफ्नै भाषा, धर्म, सँस्कृति रहेको छ । ती मध्ये लिम्बू जातिको छुट्टै पहिचान छ, आफ्नै किसिमको भाषा, धर्म, सँस्कृति र परम्परा रहेको छ । भाषा, धर्म, सँस्कृति, परम्पराले मात्र कुनै पनि जातिको जातीय पहिचान दिनुका साथै सिंगो मुलुककै राष्ट्रिय पहिचान दिन्छ । यी कुराहरुको लोप भएमा जातजातिहरुको अस्त्तित्व रहन्न, जात जातिको अस्तित्व नरहे सिंगो मुलुककै अस्त्तित्व माथि नै प्रश्न चिन्ह खडा हुन्छ । त्यसैले भाषा, धर्म, सँस्कृति, परम्परा जस्ता कुराहरु देशका अमूल्य सम्पत्ति हुन् । यी सम्पत्तिको संरक्षण, सर्म्बर्धन र विकास गर्नु हामी सबैको प्रमुख दायित्व हो र यस कार्यमा सरकारको पनि सहयोग अपरिहार्य रहन्छ ।
जात, जाति, भाषा, धर्म, सँस्कृति र परम्परा भनेको एक किसिमले कुनै पनि देशको ढुकढुकी हो । विगतमा नैपाली जनजातिहरु नै झण्डै लोप हुने स्थितिमा पुगेका थिए । नेपालमा वि.सं. २०४६ सालमा स्थापना भएको बुहुदलीय व्यावस्था अनुकुलको नेपाल अधिराज्यको संविधान २०४७ ले विभिन्न जाति, धर्म, भाषा, वर्ण सम्प्रदायबीच विद्यमान सबै प्रकारका आर्थिक र्एव सामाजिक असमानता हर्टाई सबै जाति, धर्म, सम्प्रदाय र भाषा भाषीहरुको असमानता हार्टाई लिपि, धर्म र सँस्कृतिको विकासद्धारा साँस्कृतिक विविधता र पहिचान कायमै राखी राष्ट्रिय एकता सुदृढ गर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको विशेष व्यावस्था गरी आदिबासी जनजातिको उत्थान गर्ने परिकल्पना अघि सारेको छ । यसै पृष्ठ भूमीमा जनजातिहरुलाई सवल तुल्याउन श्री ५ को सरकारले वि.सं. २०५४ असार २३ गतेमा
"राष्ट्रिय जनजाति विकास समिति" गठन गर्यो ।

जनजाति भनेका को हुन ?
श्री ५ को सरकारद्धारा गठित जनजाति उत्थान प्रतिष्ठान कार्यदलले वि.सं. २०५३ बैशाखमा दिएको प्रतिवेदनमा जनजातिको पहिचानका आधारहरु निम्नानुसार छन् ।
१) आफ्नो छुट्टै सामूहिक साँस्कृतिक पहिचान भएको,
२) आफ्नो परम्परागत भाषा, धर्म, रीतिरिवाज र सँस्कृति भएको,
३) परम्परागत सामाजिक संरचना समानतामा आधारित भएको,
४) आफ्नो परम्परागत भौगोलिक क्षेत्र भएको,
५) आफ्नो लिखित वा अलिखित इतिहास भएको,
६) समुदायभित्र "हामी भावना" भएको,
७) जुन समुदायको आधुनिक नेपालको राजनीति र राज्य संचालनमा निर्णयाक भूमिका छैन ।
८) जो नेपालको आदिबासी हो,
९) जसले आफूलाई जनजाति भन्दछ ।

आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्ण हिन्दू वर्णाश्रम व्यावस्थाभित्र नपर्नेहरु जनजाति अर्न्तर्गत पर्दछन् ।
वर्तमान संविधानको मर्म र भावना अनुरुप जनजातिहरुको उत्थान र विकासको लागि "राष्ट्रिय जनजाति विकास समिति" को गठन भएपछि सो समितिले नेपालका ६१ ओटा जनजातिहरुको अनुसूची तयार गर्यो । यसलाई श्री ५ को सरकारले २०५६ बैशाखमा स्वीकृत गर्यो । ती जनजातिहरु निम्नानुसार छन् ।

१) किसान
२) कुमाल
३) कुसवादिया-कुहवादिया)
४) कुसुण्डा
५) गनगाइ
६) गुरुङ
७) चिमतन
८) चेपाङ्ग
९) छन्त्याल
१०) छैरोत्तम
११) जिरेल
१२) झाँगड
१३)ठिनतान
१४) डोल्पो
१५) ताङ्वे
१६) ताजपुरिया
१७) तामाङ्ग १८) तोप्केगोला १९) थकाली २०) थामी
२१) थारु २२) थुदाम २३) दनुवार २४) दर्राई
२५) दुरा २६) धानुक २७) धिमाल २८) नेवार
२९) पहरी ३०) र्फी ३१) वनकरीया ३२) वरामो
३३) बाह्रगाउँले ३४) वोटे ३५) ब्यासी ३६) भुजेल/र्घर्ती
३७) भोटे ३८) मगर ३९)मनाङ्गे ४०) माझी
४१) मार्फाली ४२) मुगाली ४३) मेचे ४४) र्राई
४५) राउटे ४६) राजवंशी ४७) राजी ४८) लोर्के
४९) लिम्बू ५०) लेप्चा ५१) ल्होप ५२) ल्होमी
५३) वालुङ्ग ५४) शेर्पा ५५) सतार ५६) सियार
५७) सुनुवार ५८) सुरेल ५९)स्याङ्तान ६०) हायु
६१) हयोल्मो ।

जनजातिहरु मध्ये सबभन्दा ठूलो समुदाय मगर हो । २०४८ को जनगणनाले देखाएको सबभन्दा सानो समुदाय राउटे हो, जसको जनसंख्या २,८७८ छ ।
नेपालका आदिवासी जनजातिहरु मध्ये किराँत समुदाय अर्न्तर्गत पर्ने लिम्बू एक जाति हो । लिम्बू जातिको आदिकाल देखिको बसोबासको क्षेत्र अरुण नदीदेखि पूर्व सिक्किमसम्म हो । संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र इलाम लिम्बूहरुको मुख्य थलो हो । साथै सुनसरी, मोरङ, झापा, तथा काठमाण्डौंमा पनि बसोबास रहेको छ । लिम्बूहरुको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन् । लिपि "सिरिजङ्गा लिपि" हो । सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन । च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बूको मौलिक परम्परा हो । २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बू जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन् । कुनै समय आफ्नो अधिकार जमाई राज्य गरी बसेका शक्तिशाली लिम्बू जाति आज आएर ओझेलमा परेको आभाष पाइन्छ । तैपनि हाल श्री ५ को सरकारले जनजातिको उत्थानमा देखाएको सदासयतालाई प्रशंसनीय रुपमा लिनु पर्दछ ।
दश लिम्बूको आवागमन र रीति थीति कइरन मासिक अंक ६, माघ २०४८ बाट उद्घृत ताइश्यान वंशीहरु नाम्मावबाट उत्तर पश्चिम दिशा लागि बसाइँ आएका थिए । तिनिहरुले आफ्नो किपट पातकोइ पहाड र चिन्डविन नदिको बीचको खामति भन्ने जग्गामा वनाए र तिनिहरुले त्यहाँ धेरै पुस्तासम्म राज्य गरे । इसाको छैटौं शताब्दीपछि यहि खामति भन्ने जग्गाबाट दश चिनिया र्सदारहरुले आफ्नो शाखा सन्तान उठाइ पातकोइ पहाड नाघी आसाम बसाइँ आए । तर यो जग्गा अघि आउने वंशद्धारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (बनारस) को मैदानमा आइ बसे । त्यसबेला काशीमा हिन्दू धर्मको प्रचार भइरहेन्थ्यो । हिन्दुस्तानमा आइ बस्ने मंगोली, शक, कुशान, ग्रीक राजाहरु राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गनिएका थिए । राजपूत राजाहरुले हिन्दू मतमा नआउँने हुण जातिलाई देशबाट निकालिसकेका थिए । त्यसैले दश चिनिया र्सदारहरुलाई काशी छोड्न कर लाग्यो । यिनिहरु उत्तर पूर्वका पहाडी खण्डमा बसाइँ आए । यी दश र्सदारहरुका नाम यिनै हुन् ।

१) थोसोदिङ काङलाइङ हाङ्ग २) थिन्दाङ सवारोहाङ्ग
३) थोसोदिङ हाम्लेवा सावारो हाङ्ग ४) थोदिङ ताँसाक सावारो हाङ्ग
५) योको दिङ सावारो ६) मोगुपलुङमा लाङसो दिङ सावारो हाङ्ग
७) योकफोदिङ सावारो हाङ्ग ८) मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
९) मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
१०) योकफोदिङ्ग इगाङ लाइङबो हाङ्ग ११) तोतादि तोइङबो हाङ्ग
उपरोक्त दश र्सदारहरुका साथमा तीन पुरोहितहरु थिए ।

ती हुनः
१) फेजिरी फेदाङ्गमा २) साम्बा हाङ्ग इपलीङ्ग हाङ्ग साम्ब
३) साम् मुन्धुम येप मुन्धुम । यी पुरोहितहरुको सल्लाह बमोजिम यो दश र्सदार यिनका रैयतहरु चल्थे ।
फेजीरि फेदाङमाले जन्मदा-मर्दा, विवाह-शादी इत्यादि कर्म-काण्डको भार लिएका थिए । साम्बा हाङ इवली हाङ साम्बले दुःख विमारमा वैद्यको काम गर्थे । साम मुन्धुमले वंशावल इतिहास इत्यादि लेख्दथे । त्यसबेला उत्तर-पूर्व नेपाल अर्थात "फेदाप" राज्यमा आठ आपुगीं राजाहरु थिए । ती हुनः (फेदाप भन्नाले त्यसबेला समस्त वर्तमान लिम्बूवान देश बुझाउथ्यो ।)
१) होन्देन् हाङ
२) याकेतेत हाङ
३) चेस्वी हाङ
४) लारासो पांगबो हाङ
५) खेसिवा हाङ
६) इकाङ सो हाङ
७) खादि हाङ
८) इमे हाङ

उपरोक्त दश र्सदारहरुले पुरोहितहरुको आदेशनुसार फेदापका आठ राजाहरुसित फेदापमा बस्ने अनुमति लिए । र तिनीहरुले पनि उनीहरुलाई आ-आफ्ना राज्यमा बस्न दिए । बिस्तारै यी दश र्सदारहरुका सन्तान बढ्दै गए । अन्तमा यिनीहरु अर्कै एक नयाँ जाति भए । यिनीहरुले आफुलाई याक्थुङबा वं श भन्न थाले । किराती भाषामा "याक" भनेको पहाड, "थुम" भनेको जग्गा र "वा" भनेको बासिन्दा हो अर्थात याक्थुवा भन्नाले किराती भाषामा पहाडी भागमा बस्ने बुझाउँछ । जे भएता पनि यी दश र्सदारहरुका सन्तान आठ राजाहरु मै गनिन्थे । तर यी नौलो वंशका सन्तान त्रि्र रुपमा बढेको देखेर आठ राजाहरुका मनमा आफु विरुद्ध व्रि्रोह होला की भन्ने आशंका उत्पन्न भयो । यिनीहरुका जनसंख्या बढेपछि आफ्नो वसमा राख्न कठिनाइ पर्छ भन्ने शंकाले ती आठ राजाहरुले सल्लाह गरी यी नौला वंशलाई हरेक किसिमले दवाउन सुरु गरे । जमिनको तिरो बढाइदिए, निष्ठूर ऐन निकाले, दाश झैं व्यावहार गर्न थाले । यस्तो अन्याय सहन नसकेकाले दश र्सदारहरुका रैयतहरुले एकमत भई राजा विरुद्ध लडाइँ गर्नै पर्छ भनी त्यस मुलुकका अम्वेपोजोमा, कामकेत लाङमा र सुम्हेत लुङमा भन्ने जग्गामा भेला भए । तिनिहरुले त्यहाँ तीन ओटा रातो ढुङ्गा खडा गरी तीन ओटा आँप रोपे । अनि सुद्ध जलले चोख्याइ त्यस जग्गालाई देवस्थल माने । अधिक दश र्सदारहरुका वंश मध्ये प्रत्येक थरका एक एक वीर पुरुष निक्ली हुकुमदार र्सदार भई सबैले त्यस देवस्थलमा ढोग गरी युद्धमा विजय होस भनी बल मागे । प्रत्येक मुल पुरुषले पुजा गरिसकेपछि हरेक लडाकु वीरलाई यसो भन्दै सपथ खुवाए -"जबसम्म हामी यी निष्ठुरी राजाहरुको र्सवनास गर्दैनौं । तबसम्म घर र्फकन्नौं । यदि युद्ध क्षेत्रबाट काँतर भई भागेछौं भने यो देवस्थलले पीरेर हाम्रो जन्मयुग उन्नती नहोस ।"
त्यसपछि दुई पक्ष बीच युद्ध चल्यो । युद्ध भूमिमा रगतको नदी बग्न थाल्यो । युद्ध धेरै दिनसम्म चल्यो । आठ राजाका सेनाहरु संख्यामा धेरै भए ता पनि ती दश र्सदारहरुका धनुविद्यामा निपुण सेनाका अगाडि तिनिहरु टिक्न सकेनन् । आठ राजाहरु पनि एक एक गर्दै सबै रणभूमिमा मारिए । बाँचेका सेनाहरु पनि युद्धभूमि छोडी भागे । विजयीहरु विजयी ध्वजा खडा गरी पवित्र जग्गा अम्बे पोजोमा कामकेत लाङमा र सुम्हेत लुङमामा गइ आ-आफ्ना देवलाई धन्यबाली चढाए ।
यसपछि तिनीहरुले एउटा ठूलो सभा गरे । आठ राजाहरु मासिए । अब यो मुलुकमा को राजा हुने मुलुकको नाउँ के राख्ने ? आदि विषयहरुमा छलफल भयो । छलफलमा निम्न कुराहरु पारित गरियो
१) त्यो देश धनुषवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बूवान राखियो । (लि-धनु, आबु-हान्ने, वान-नाउँ लाउनु अर्थात किराती भाषामा धनुवाणले जितेको देश लिम्बूवान) ।
२) यो देश दश र्सदारहरुले मिली जितेको हुनाले बराबर दश भागमा विभक्त गरी प्रत्येक भागमा आफ्नो घरानाको एक एक मूल पुरुष राजा भई देश शासन गर्नु पर्छ ।
३) यी दश प्रदेश लिम्बूवानका बासिन्दाहरुलाई त्यस उप्रान्त दश लिम्बूका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्र्‍याए ।
४) देशको साँध-सिमाना लाउनु पर्छ भन्ने निर्णय गरे । पूर्वमा मेची खोला, पश्चिममा अरुण खोला, उत्तरमा तिब्बत, दक्षिणमा मधेस भनी लिम्बूवानको सिमाना लगाए ।
देश यसरी बाँडे
१) तक्बर खोला सामलुपली साम्बाले पाए । तिनले त्यहाँ एक गढ बनाइ त्यसको नाउँ तम्बर यक राखे ।
२) तेह्रथुमः ताम्पोसो पेरुङहाङ्गले पाए । तिनले त्यहाँ थालायक बनाइ राज्य गर्न थाले ।
३) आठर्राई थकथकसी आङबोहाङ्गले पाए । तिनले पोमाजोङ गढ बनाए ।
४) फेदाप सेङसेनगुम फेदाप हाङ्गले पाए । तिनले पोक्लाबुङ गढ बनाए ।
५) याङरुक तिन्दोलुङ काया हाङ्गले पाए । तिनले हस्तपुर गढ बनाए ।
६) मेवाखोला सिसियेङ सेरेङ हाङ्गले पाए । तिनले मेरिङदेन गढ बनाए ।
७) पाँचथर यिङासो पापोहाङ्गले पाए । तिनले यासोक फेदन गढ बनाए ।
८) छथर थीयाङसो ताकलुङ खजुमहाङ्गले पाए । तिनले चामलिङ चिमलिङ गढ बनाए ।
९) चौबिस सोइयाक लाहोहाङले पाए । तिनले शान गढीमा बसी राज्य गर्न थाले ।
१०) चारखोला इमेहाङले पाए । तिनको प्रजा खाली लाप्चा मात्र हुँदा तिनलाई लाप्चाहरुका राजा अर्थात इमेहाङ भने । तिनले पनि आङदाङ इलाम गढ बनाइ त्यहाँ राज्य गर्न थाले ।

यस युद्धमा आठ राजाहरुका रैयतहरु कोही मधेश भासिए, कोही सुक्किम तरे । बाँकी रहेका किराती, लाप्चा, मेचे, धिमाल सबैले यी नयाँ लिम्बु नाउँ ग्रहण गरी दश लिम्बूका प्रजा भइ बसे । यस प्रकारले यी दश लिम्बू वंशले धेरै वर्षम्म राज्य गरे ।

दश लिम्बूको रीति थीति राजनैतिक थीति
१) राजनैतिक विषयमा कुनै पनि काम दश भाइको सल्लाहबाट मात्र गर्नु ।
२) राज्यका जनसंख्या कम भए शत्रुको आक्रमणमा देश रक्षा गर्न गाह्रो पर्ने हुँदा जनसंख्या बढाउनको लागि कुनै जात या वंशका मानिस भएता पनि आफ्नो भाइ-भैयात बनाइ दश लिम्बू वंशमा राख्नु ।
३) आफ्नो जात वंशबाट कुनै मानिस केही कारणवस अलग भए फेरी उसलाई आफ्नो रीतिले दूबो, ढुङ्गो छुवाइ आफ्नो वंशमा ल्याउँनु ।
४) आफ्नो वंशले अरु कुनै मधेश या भोटका मानिससँग नाता जोडे ता पनि सो सम्बन्धबाट जन्मेका पुत्र-पुत्रीलाई आफ्नै वंशमा लिनु ।
५) प्रत्येक पुत्रले १२ वर्षो उमेरदेखि धनुविद्या प्राप्त गर्नु ।
६) प्रत्येक घरको एक पुत्र १८ वर्षपुगेपछि थकसुबामा (सिपाही) नाम लेखाउनु ।
७) प्रत्येक गाउँमा ३०० जना थकसुबाहरु -सिपाहीहरु) उपर हुकुम गर्ने एक एक थकपेबा -र्सदार) हुनुपर्छ ।
८) पाँच र्सदारहरु पुगेपछि एक थकतुम्बा -मूल र्सदार) हुनुपर्छ । यिनीहरु जहिले पनि तयार भइ वस्नु पर्छ ।
९) जुन मानिस थकतुम्बाको पदमा नियुक्त हुन्छ तिनले राजाबाट जागिर पाउनु पर्छ ।
१०) थकतुम्बाहरु -मूल र्सदारहरु) ले आफ्नो जागिरको चाहिँदो जमिन आफुलाई राखि बाँकी जमिन आफुभन्दा मुनिका थकपेबाहरु -र्सदारहरु) लाई बाँडी दिनु पर्छ । थकतुम्बाहरुको थकपेबा र थकसुबा (र्सदार र सिपाहीहरु) लाई राख्‍ने या हटाउँने पुरा हक हुन्छ ।
११) उब्जनिको दशवाँ भाग राजालाई तिरो बुझाउनु पर्छ ।
१२) राज्यको शासन राजसभाद्धारा हुनुपर्छ । राजसभामा हाङ्ग (राजा), तुम्याङ्ग हाङ्ग (मन्त्री) र थकतुम्बाहरु (मूल र्सदारहरु) पासिङ पादाङ (सदस्य) हुनुपर्छ ।
१३) अ) ज्यानमारालाई वदलिमा त्यसको ज्यान नै दिनुपर्छ ।
(आ) चोर्नेको हात उम्लेको पानीमा डुवाउनु पर्छ (इ) गाउँको छुल्याहालाई देवताको थानमा लगी "अब उसो म गर्दिन" भन्नु लगाई कसम खुवाउनु पर्छ । (इ) हाडफोरालाई जन्मभर दासत्वमा राख्नु पर्छ । दूधफोरालाई गाउँबाट बाहिर ओढारमा राख्‍नु पर्छ ।

सामाजिक थीति
१) पुत्र जन्मे चार दिनमा, पुत्री जन्मे तीन दिनमा नाम कर्म अर्थाच न्वारान गर्नुपर्छ ।
२) पुरुष परलोक भए चार दिनमा, स्त्रीको तीन दिनमा शुद्ध गर्नुपर्छ ।
३) मराउ परेको घरका जहानले १ वर्षम्म नाचगान गर्नु हुँदैन, विवाह गर्नु हुँदैन, टीका टालो अथवा चाड वाड मान्नु हुँदैन, घरको देव देवता बुझाउँनु हुँदैन, लोग्ने मानिसले एक वर्षम्म कपाल काट्नु हुँदैन ।
४) दुइ किसिमले विवाह गर्न सकिन्छ । ५५ को रीतले दश लिम्बू रीत बुझाइ विवाह गर्नु । ४४ को रीतले विवाह गरी सकेपछि रीत बुझाउँनु अर्थात चोरी विवाह गर्नु ।

धार्मिक थीति
१) दश लिम्बूले मानील्याएको मूल देवी "युमा साम्माङ्" हुनाले प्रत्येक घरले सालमा दुइपल्ट पूजा गर्नुपर्छ । उँधौली पूजा कार्तिक र उँभौंली पूजा बैशाखमा गर्नुपर्छ ।
२) अन्नबाली पाकेपछि "चासोक माङखमा" अर्थात नवाङ्गी पूजा गर्नुपर्छ ।
३) स्त्री गर्भवती हुँदा "सापोक चमेन" अर्थात बालकको रक्षाको लागि पूजा गर्नुपर्छ ।
४) सालमा एकपल्ट "माङ्गेना" अर्थात शिर उठाउँने पूजा गर्नुपर्छ ।
५) सालमा एकपल्ट "तापफेङ" अर्थात रक्षा बन्धनको लागि पूजा गर्नुपर्छ ।
६) तीन वर्षा एकपल्ट जहानको जेठो पाकोले "नाहाङ्मा" पूजा गर्नुपर्छ । जसबाट आफ्नो शरिरको रक्षा हुन्छ ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com