परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
शुभकामना
यज्ञराज खापुङहाङ
मोराहाङ-१, तेह्रथुम हालः धरान-१५, बाँझगरा सुनसरी
प्रतिक्षाको फल मिठो हुन्छ भने झैं निकै लामो समयको अन्तरालपछि विभिन्न अवरोध र कठिनाइका बाबजुद पनि यो ऐतिहासिक कार्य खापुङहाङहरुको वंशावली प्रकाशन हुन गइरहेकोमा मलाई ज्यादै खुशी लागेको छ ।
ऐतिहासिक र गौरवशाली लिम्बू जातिहरुको पनि एक थर 'खापुङहाङ' हरु हाल देशभित्र मात्र नभई वर्षौवर्षदेखि मुलकबाहिर पनि बसोबास गरिरहेका छन् । उनीहरुको नाम संकलन गरी वंशावली टिपोट गराउनु आफैंमा कम चुनौतीपर्ूण्ा र कठिन कार्य होईन । तथापि हामी सम्पूर्ण दाजुभाइहरुको अपूर्व अठोट र मेहनतले गर्दा यो कार्य सम्पन्न भएको छ । निकै लामो खोज, अध्ययन र अनुसन्धानपश्चात् निस्कन लागेको यो पुस्तक हाम्रो लागि ऐतिहासिक र गौरवमय कार्य भएको छ भने भावी पुस्ताको लागि एउटा राम्रो मार्गदर्शन दस्तावेज हुनेछ भन्ने विश्वास लिएको छु ।
आफ्नो जाति, भाषा, धर्म र संस्कृतिमा गौरव गर्न नै हाम्रो लागि परम आनन्द र सुख हो, धन, दौलत र भौतिक सुख भनेको दोस्रो कुरा हो भन्ने कुरा ख्याल राख्न सक्यौं भने मात्र वास्तविक अर्थमा आफ्नो वंश, समाज र राष्ट्रको उन्नति र भलाइ हुन सक्नेछ ।
विशेष गरी यो पुस्तक प्रकाशनको लागि आफ्नो तन, मन र धनको सहयोग पुर्‍याउँदै अहोरात्र खट्नु हुने सबैलाई हार्दिक धन्यवाद दिंदै यो ऐतिहासिक दस्तावेजको प्रकाशनको पूर्ण सफलता र र्सार्थक बनोस् भन्ने कामना गर्दछु । अन्तमा सम्पूर्ण खापुङहाङ वंशका दाजुभाइहरुको उत्तरोत्तर उन्नति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com