परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
दुई शब्द
योगेन्द्रबहादुर खापुङहाङ शिक्षक
श्री गौखुरी उच्च मा.वि. मोराहाङ
म र्सवप्रथम हाम्रो खापुङहाङ वंशावली निकाल्नमा सुरुदेखि नै महत्वपूर्ण योगदान दिनुहुने आदरणीय बाजे स्वर्गीय रमेशराज खापुङहाङज्यूलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै धरानबाट विशेष सक्रीय रुपमा सहयोग गर्ने हाम्रा दुई दाजुभाइ चन्द्रबहादुर र केआइसिं साथै अन्य हाम्रा खापुङहाङ वंशजहरुलाई पनि धन्यवाद दिन चाहन्छु । त्यस्तै प्रकारले यस खापुङहाङ वंशावली प्रकाशनमा सहयोग र साथ दिनुहुने सम्पूर्ण स्वदेश तथा विदेशमा बस्ने हाम्रा खापुङहाङ दाजुभाइ बन्धुहरुमा आभार प्रकट गर्दछु ।
किराँती जातिमध्ये एक प्रमुख जाति लिम्बूलाई मानिन्छ । लिम्बूहरु कस्ता हुन भन्ने बारे केहि भन्नु पर्दा ऐतिहासिक किंवदन्ति तथा तथ्यको आधारमा लिम्बूहरु नेपालका विविध जातिहरुमध्ये विशेष खालको गुण भएको जाति हो । जस्तै लिम्बूहरु सोझा, सिधा, लडाकु र अत्यन्त इमान्दारी तथा विश्वासिलो हुन्छ भन्ने कुरा विभिन्न विदेशी लेखकहरुले आफ्नो लेखमा दर्शाएको पाइन्छ ।
अब ऐतिहासिक लेख, किंवदन्ति, खोजतलासको प्रमाणको आधारमा खापुङहाङ वंश लिम्बूहरुमा टुक्रे आपुङ्गी राजाको रुपमा राज्य गरेको प्रमाणहरु फेला परेको छ । जसमा चित्रहरुबाट पनि प्रष्ट देखिन आउँछ । खापुङहाङ वंशको १८ औं पुस्तमा तेनहाङ भन्ने राजाले मोराहाङमा राज्य गरी बसेको देखिन आउँछ । प्रमाणको रुपमा राजाको घोडा बाँध्ने ढुङ्गा, धान कुट्ने ओखल, राजा रानीको फूलबारी बगैंचा, घोडा कुदाउने मैदान, बोक्सीहरुलाई झुण्डयाएर मार्ने बोक्सीमारा ढुङ्गा र रानीले नहाउने
रानीपोखरी, रानी धारा अद्यापि छँदैछ । तिनैका सन्तान आजभोली आएर खापुङहाङ भएर बसी आएका छन् ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com