परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
दुई शब्द
यादवबहादुर खापुङहाङ भू.पू. जि.वि.स. सदस्य
मोराहाङ-१ इ.नं.७ तेह्रथुम
र्सवप्रथम खापुङहाङ वंशावली पुस्तक यस समितिको अथक प्रयासबाट छाप्न सफलता प्राप्त भएकोमा ज्यादै खुशी व्यक्त गर्दछु । यो वंशावली पुस्तक प्रथमपटक प्रकाशन भएपछि तपाई हामी सम्पुर्ण खापुङहाङ वंशको उत्थानको निमित्त सामाजिक भावनाको विकास हुनेछ भन्ने विश्वास लिन चाहन्छु । किन भने विश्वका हरेक मानव समुदायले समुदाय र वंशाणुगत विकासको खातिर समृद्ध र चेतनशील समाजको निर्माण गर्ने मानवमात्रको नैर्सर्गिक एवम् प्राकृतिक अधिकारलाई हृदयङ्गम गरी "कुलमा कुटुम्बा जातमा गङ्गा" भावनाले ओतप्रोत भई आफ्नो समुदायलाई हरेक पक्षमा सक्षम सवल र आत्मनिर्भर बनाई सिर्जनशील क्रियाकलापमा सक्रीय राख्ने उद्देश्य अनुसार खापुङहाङ वंशजभित्र विकृति र विसङ्गति विरुद्ध जुझारु एकता कायम गर्नको लागि विभिन्न विपत्ति र दुःखसुखका समयमा पनि आपसि सहायोग कायम राखी भातृत्व र वन्धुत्वको भावना आभिवृद्धि गराउन खातिर व्यापक एकता तथा वंशाणुगत विकासको लागि नेपाल आधिराज्य भित्र-बाहिर जहाँसुकै बसेका सम्पुर्ण खापुङहाङ सामाजिक संस्था स्थापना गर्न मेरो व्यक्तिगत बिचारमा वाञ्छनीय होला भन्ने कुरा समस्त खापुङहाङ वंशहरुमा राख्न चाहन्छु । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com