परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
विष्णुकुमार खापुङहाङ प्रधानाध्यापक
श्री सिद्धकाली मा.वि. ओयाक्जुङ
मानव विकास क्रमसँगै मानिससँग सम्बन्धित भए गरेका क्रियाकलापहरु खोजी तथा अनुसन्धान भएर इतिहासका पानाहरुमा समेटिएका हुन्छन् । इतिहासबाट नै मानिसले विगतका पाठहरु सिकेर, वर्तमानमा अनुभव गरेर भविष्यको परिकल्पना वा सङ्केत गर्दछन् । इतिहासको खोजी गर्नु र त्यसको विश्लेषण गर्नु चेतनशील प्राणी मानिसको महान कर्तव्य पनि हो । भविष्यका पिढिँहरु (सन्तानहरु) लाई इतिहास निर्माण गरेर सजग र सचेत जुन पूर्खाहरुले गर्दछन् गराउँछन्, उनीहरु नै इतिहासका पानाहरुमा अविस्मरणीय हुन्छन् ।
जुनसुकै जीवहरु पनि आफ्नो अस्त्तित्वको लागि संर्घष गर्दछन् । तिनै संघर्षका घटनाहरु नै इतिहास भएर सजीव रुपमा बाँची रहन्छन् । तर्सथ त्यत्रो ठूलो संख्या नभए पनि सानो संख्यामा रहेका "खापुङहाङ" बन्धुहरु विगतदेखि हालसम्म के, कसरी, कहाँबाट छुट्टिएर कतिसम्मको हाँगा विङ्गामा पुगेका हौं भन्ने कुरालाई थोरै भए पनि यो वंशावलीले लामे समयको अन्तरालसम्म धर्यताका साथ प्रतिक्षामा रहनु भएका खापुङहाङ बन्धुहरुलाई थोरै प्यास मेट्न सकोस भन्ने कामना गर्दछु । यसभन्दा अगाडि खापुङहाङ खापुङहाङ स्वयम् भेट हुँदा पनि के पर्ने? कसो भन्नु पर्ने? भन्नाले साइनोमा के पर्ने भन्ने कतिपय अस्पष्ट कुराहरुलाई स्पष्ट पार्नेछ भन्ने अपेक्षा गर्दछु । यद्यपि वंशावली खोजीको क्रममा यथेष्ट र व्यापक खोजी हुन सकेको छैन । खोजी तथा अनुसन्धानमा अपर्याप्तता भए पनि आगामी सँस्करणहरुमा छुट भएका बन्धुहरुको नामावली समावेश गर्ने तथा थप खोजी कार्यमा यस वंशावली प्रति शुभेच्छा र सदस्यता राख्ने बन्धुहरुलाई थप आलोचना एवं परिस्कृत पार्न हौसला उत्साह एवं जाँगर आउने कुरामा दुइ मत नहुने कुरा विश्वास गर्दछु । यो सुरुको प्रकाशनमा पुर्णाता छैन र हुँदैन पनि । त्यसकारण यो अपूर्ण हामी खापुङहाङको गहनालाई फूल बुट्टा भर्ने, परिमार्जित गर्ने काम हामी खापुङहाङहरु कै दायित्व हो भन्दा अत्युक्ति नहोला । त्यसैले दायित्व र जिम्मेवारी सबैले बाडौं । सूचना आदन-प्रदान कार्यलाई सदैव जीवन्त राखौं, निरन्तरता कायम गरौं । यति मात्र होइन, हाम्रा भावी सन्ततिहरुलाई पनि यो वंशावली घचघच्याउने प्रेरणाको स्रोत हुन सकोस । वर्तमान तथा भविष्य प्रति यो "सङ्कलित वंशावली" प्रेरणादायी हुन सकोस । धन्यवाद ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com