परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
चन्द्रबहादुर खापुहाङ
मोराहाङ-२,तेह्रथुम हाल धरान-१५, सुनसरी
भगवानले "तँ चिता म पुर्‍याउँछु । संसारमा सबै चिजहरु बनाएकोछु । खोज्नु पाउँछस ।" भन्छ अरे भनेजस्तै वि.सं. २०५७ सालमा म पहाड गाउँमा गएको थिएँ । त्यसबेला मैले वंशावलीको कुरा गाउँका साथीभाइहरु अनि बाजेहरुसँग चलाएँ । यसैबेला मेरो कान्छा बाजे रमेशराज खापुङहाङको घर गएँ र वंशावलीको बारेमा छलफल भयो । गाउँका बुढापाका उहाँ नै हुनुहुन्थ्यो । वंशावली विषयमा धेरै जसो उहाँलाई थाहा थियो । उहाँकै साइँला दाजु भू.पू. माननीय भीमराज खापुङहाङ दार्जिलिङ सिक्किम जाँदा सानो नोट बुकमा पुराना पूर्खाहरुको इतिहास सारेर ल्याउनु भएको रहेछ । त्यसै दिन हामीले त्यो सानो नोटबुकमा पुरानो पूर्खाहरुको इतिहास अध्ययन गर्‍यौं । त्यो इतिहास अक्षर देवनगरीमा र भाषा लिम्बूमा थियो । यो इतिहास वंशावलीमा उल्लेख गरिएको छ । यो हाम्रो खापुङहाङ वंशावलीमा "मुना फेक्वा मुन्धुम" उल्लेख भई सृष्टिका कुरा समेटेको कारणले गर्दा अन्य लिम्बूहरुलाई मात्र नभएर र्राई तथा अन्य किराँतीहरुलाई पनि काम लाग्ने हुन्छ । यो वंशावली बनाउन धेरै समय किन लागेको हो भने सबै खापुङहाङहरुलाई समेटने बिचारले गर्दा लामो समय लागेको हो । देशको स्थिति राम्रो भएर गरौंला भन्दाभन्दै दिनदिनै देशको स्थिति नाजुक हुँदै गएको र लामो समय लागेकोले वंशावली के भयो भनी प्रश्नहरु नउठेका होइनन् । जति जम्मा भयो हामीले प्रकाशित गर्दैछौं । यसमा जस-जसको नाम छुट्न गएको छ, उहाँहरुले आफैं खाली पानामा नाम, सिरियल नम्बर लेखी आफैं सुरक्षित राख्न अनुरोध गर्दछु । र पछाडिको सँस्करणमा सबैलाई समेट्ने प्रयास गर्नेछौं ।
वंशावली तयारी बनाएर धरानमा छाप्नको लागि पठाउने मेरो कान्छा बाजे स्व. श्री रमेशराज खापुङहाङ पनि आफ्नो सपना पूरा नभई र्स्वर्गवासी हुनु भयो ।
मेरो बिचारमा हामीले वंशावली प्रकाशित गरिसकेपछि हाम्रो खापुङहाङ संघ बनाउनु पर्दछ । र त्यो संघको केन्द्रीय कार्यालय तेह्रथुम मोराहाङमा हुनेछ । केन्द्रीय कार्यालयले कहाँ कहाँ खापुङहाङहरु छन ती ती ठाउँहरुमा सङ्गठन विस्तार गर्दै जानु पर्नेछ । धरानमा २०५३ सालमा नै सङ्गठन गठन भएकोछ र काठमाण्डौंमा पनि । अब धरानमा छोरी चेलीको पनि सङ्गठन बनाउने बिचार भई रहेको छ ।
अन्त्यमा, वंशावली बनाउन सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हाम्रो खापुङहाङ सङ्गठन स्रि्र गठन भई हामी नेपालको पहाड, तर्राई, धरान, काठमाण्डौं, विदेश दार्जिलिङ, सिक्किम, आसाम, इण्डिया र अन्य देशहरुमा भएका सबै एक ढिक्का हौं भन्ने शुभकामना व्यक्त गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com