परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
मनतव्य
स्व. रमेशराज खापुङहाङ अध्यक्ष वंशावली सङ्कलन तथा निर्माण समिति
मोराहाङ-२, तेह्रथुम
विशेषगरी किराँतीहरु भित्रको दश लिम्बूवान मध्ये आजसम्म उल्लेख भई आए अनुसार यो वंशावलीलाई खापुङहाङ वंशावली भनिएको हो । खापुङहाङ वंशावलीमा पुस्ताको उल्लेख गर्दा दश सरदारहरु काशीबाट आई सिमाङगढमा राज्य स्थापित गरी बसेकोमा राज्यको भोग पुगी भङ्ग हुँदा राजाको कान्छा भाइ देशर्राईले सियोक सिपाही सहित आफ्नो तीन छोरा साथ लिई पूर्वतर्फआएको पुस्तालाई पहिलो पुस्ता मानी सो अनुसार पुस्तावली वंशाणुक्रम कायम गरिएकोछ । पुस्ता (१) देशर्राई (लावुङहाङ), पुस्ता लावुङहाङको छोरा लाहाङ, पुस्ता (३) लाहाङको छोरा सिदिइङ । यस्तै वंशावलीमा पुस्ता १ देखि ३३ सम्म आजतक देखिन आएकोछ ।
यो वंशावलीमा लेखिएको नामहरुको पछाडि (अ) लेखिएकोलाई अपुताली परेको भन्ने बुझिदिनु हुनेछ । यो पहिलो पल्ट तयार पारिएको वंशावली उल्लेखमा प्राप्त भएसम्मका व्यक्तिहरुको सम्बन्धमा वंश क्रमानुगत हिसाबले पुस्ता खुलाई राखिएको छ अथवा साइनो केलाउँदा जस्तो पुस्ता नं. २५ र पुस्ता नं. २६ को साइनोलाई पुस्ता नं. २६ ले पुस्ता नं. २५ लाई बडाबाबु वा काकाबाबु भन्ने र पुस्ता नं. २५ ले पुस्ता नं. २६ लाई भतिजो भन्ने कुरा बुझाउँछ ।
यो पहिलोपल्ट तयार गरिएको वंशावली लेखमा विभिन्न किसिमबाट नेपाल अधिराज्यभित्र वा बाहिर विदेशमा बसोबास भइरहेका खापुङहाङ बन्धुहरु छुट भएको अनुभव हुन्छ । छुटफुट हुन गएका खापुङहाङ दाजुभाइहरुमा सकेसम्म खोजी पत्तो लगाई दोस्रो सँस्करणमा समावेश गर्ने अभिलाशा राखिएको छ । दोस्रो कुरा यो वंशावली छापी तयार भएपछि प्रचार प्रसार हुँदै जाँदा थाहा जानकारी हुन आएमा छुटफुट हुन गएका खापुङहाङ बन्धु वर्गले वंशावलीमा समावेश हुन रुचि राखी तनमन दिई आफ्नो बाबु, बाजे, जिज्यु, बराज्यु अझ माथि थाहा भएसम्म आफ्नो पुर्ख्यौली खोली "जिल्ला तेह्रथुम गाउँ विकास समिति मोराहाङ वंशावली समिति" लाई टिपोट पत्र लेख्ने काम गर्नु भएमा निश्चय पनि तपाईहरु खापुङहाङ वंशावली दोस्रो सँस्करणमा समावेश हुनुहुनेछ ।
यो वंशावलीसँग सम्बन्धित खापुङहाङ बन्धु वर्गले यसप्रति चाख राखी माथि उल्लेख गरिए अनुसार जाने थाहा पाएसम्म बाबु बाजेको पुर्ख्यौली खोली निश्चय नै पत्र लेख्‍ने आशा र विश्वासका साथ विनम्र अनुरोध गर्दछु ।
दोस्रो प्रकाशनसम्ममा पुस्ता नजोडी छुट भइरहेका खापुङहाङ बन्धुहरुका निम्ति कुन समयदेखि कसरी छुट हुन गएको भन्ने कुरा अनुसन्धान गरी हाम्रा भावी सन्ततिले स्पष्ट खुलस्त तरीकाले समावेश गराउँदै जानेछन् भन्ने अभिलाशा राखिएको छ । यो खापुङहाङ वंशावली तयार गरी प्रकाशन गर्नमा सहयोग दिनुहुने खापुङहाङ वुद्धिजीवि दाजु भाइ तथा चेली दिदी बहिनीहरु साथै आर्थिक सहयोग दिनुहुने सबै महानुभावहरुप्रति आभार प्रकट गर्दछु साथै जलजले गा.वि.स. तोक्माका दाजुभाइहरुबाट सहयोगको रुपमा रु ६०००।- (छ हजार) दिनुभई हौसला बर्ढाई दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । एवं प्रकारले यो वंशावली छाप्ने अभिभारा लिई प्रोत्साहित गर्ने धरान नगरपालिका वडा नं. १५ बस्ने नातिहरु श्री चन्द्रबहादुर खापुङहाङ र श्री केआइसिं खापुङहाङ साथै धरान कल्याणकोषका सम्पूर्ण सदस्यहरु, धरानवासीहरु, काठमाण्डौंवासी एवं सम्पूर्ण खापुङहाङ बन्धुहरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु ।
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com