परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
Email Your Friends!
किरात याक्थुङ खापुङहाङ सङजुम्भो सम्मेलन हुने
19-5-2012
मिति २०६८ चैत्र १३ गते धरानमा खापुङहाङहरुको वृहद भेलाले किरात याक्थुङ खापुङहाङ सङजुम्भो नामको एक संस्था खडा गरी चन्द्रबहादुर खापुङहाङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय तदर्थ समितिको गठन गरेको छ । जसको पदाधिकारीहरु निम्नअनुसार छन् ।
अध्यक्ष : चन्द्रबहादुर खापुङहाङ, धरान
उपाध्यक्ष्य : होमबहादुर खापुङहाङ, म्याङलुङ
महासचिव : देवेन्द्र खापुङहाङ, काठमाडौं
सचिव : ठगेन्द्र खापुङहाङ, मोराहाङ
कोषाध्यक्ष : दत्तकुमार खापुङहाङ, धरान
सदस्यहरुः
केआईिसंह खापुङहाङ, धरान
नरेन्द्रकुमार खापुङहाङ, मोराहाङ
भगिमान खापुङहाङ, मोराहाङ
टेकबहादुर खापुङहाङ, जलजले
सन्तबहादुर खापुङहाङ, धरान
लिलबहादुर खापुङहाङ, इटहरी

मिति २०६८ चैत्र १४ गते सोही स्थानमा बसेको तदर्थ समितिको वैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी पारित गरेको छ ।

संस्थाको नामकरण
पूर्वी नेपालमा रहेको खापुङहाङहरु लिम्बू जातको एक थर तथा किरात सम्प्रदायभित्र पर्ने भएकोले किरात याक्थुङ खापुङहाङ सङजुम्भोको नामकरण गरियो ।

थप सदस्यहरुको मनोनयन
तेह्रथुमको मोराहाङ मूलथलो रहेकेा खापुङहाङहरु विभिन्न ठाउँ जिल्ला तथा देशहरुमा बसोबास गर्न पुगेकाले संस्थाको गतिविधिलाई चुस्तदुरुस्त बनाउनको लागि थप सदस्यहरुको मनोनयन गरेको छ ।
सुर्य खापुङहाङ, युके
देवेन्द्र खापुङहाङ, हङकङ
उदय खापुङहाङ, इलाम
विष्णुकुमार खापुङहाङ, मोराहाङ
शीवनाथ खापुङहाङ, मोराहाङ
यादवबहादुर खापुङहाङ, मोराहाङ
खीरराज खापुङहाङ, मोराहाङ
विजयकुमार खापुङहाङ

सल्लाहकारहरुको मनोनयन
खापुङहाङ समुदायबाट उपल्लो स्थानमा पुगेका व्यक्ति तथा बुद्धिजिवीलाई समेटेर संस्थाको सल्लाहकारमा मनोनयन गरेको छ ।
परशुराम खापुङहाङ (राजनीति), प्रेम खापुङहाङ (प्रमुख जिल्ला अधिकारी), शशिभुषण खापुङहाङ (चाटर्ड एकाउन्टेन्ट), चन्द्रकुबेर खापुङहाङ (डिएसपी), शंकर खापुङहाङ (वकिल), अमृत खापुङहाङ (कर्मचारी), विश्वराज खापुङहाङ (प्रधानाध्यापक उच्च मावि), भवानीप्रसाद खापुङहाङ (राजनीति), कुवेर िसंह खापुङहाङ (बुद्धिजीवि), वेदीनारायण खापुङहाङ (बुद्धिजीवि), तेनहाङराज खापुङहाङ (बुद्धिजीवि), दलबहादुर खापुङहाङ (बुद्धिजीवि), दीप बहादुर खापुङहाङ (बुद्धिजीवि)

संस्थाको सम्मेलन
तदर्थ समितिले २०६९ फागुन २४ २५ र २६ गते मोराहाङमा भव्य सम्मेलनको आयोजना गर्ने भएको छ । त्यस सम्मेलनमा नेपालका विभिन्न जिल्ला तथा गाविस भारत भुटान वर्मा हङकङ वेलायत र अन्य ठाउँबाट खापुङहाङको सहभागी गराउने निर्णय गरियो । विभिन्न जिल्ला तथा देशविदेशबाट आउने प्रतिनिधिहरुले मंसिर मसान्तभित्र नाम पठाउन अनुरोध गरिएको छ ।
सम्मेलनलाई सफल बनाउनको लागि निम्न महानुभावहरुलाई विभिन्न निकायको जिम्मेवारी दिइएको छ ।
व्यवस्थापन : केन्द्रीय सदस्य यादवबहादुर खापुङहाङ
प्रचारप्रचार : अध्यक्ष चन्द्रबहादुर खापुङहाङ र महासचिव देवेन्द्र खापुङहाङ
सांस्कृतिक : राजकुमार खापुङहाङ केलाङ, नरेन खापुङहाङ गायन, भगिमान खापुङहाङ वाद्यवाधन
विधान : महासचिव देवेन्द्र खापुङहाङ शंकर खापुङहाङ

आर्थिक : मोराहाङमा रहेको संस्थाबाट ५० हजार
म्याङलुङ ५० हजार
धरान १ लाख
काठमाडौं १ लाख
समालवुङ इलाम ५० हजार
नाम्सालिङ गोर्खे इलाम ५० हजार
कोरिया ७५ हजार
हङकङ १ लाख
युके १ लाख
मलेसिया िसंगापुर साउदी अरब कतार दुवईलगायतका देशहरुमा रहेका खापुङहाङहरुबाट सोइच्छाबाट सहयोग उठाउने र सिधै संस्थालाई उपलब्ध गराउने निर्णय गरिएको छ । सो रकम २०६९ साल मंसिर मसान्तसम्म उठाइसकिने निर्णय गरिएको छ ।

कार्यक्रमको रुपरेखा
२०६९ साल फागुन २३ गते मोराहाङ विभिन्न ठाउँमा रहेका खापुङहाङहरु आइपुग्ने
२४ गते मोराहाङमा रहेको खापुङहरुको ऐतिहासिक स्थलको भ्रमण तथा अवलोकन
२५ गते सम्मेलनको उद्घाटन पूर्वमन्त्री पर्शुराम खापुङहाङबाट गरी आमसभासमेत गरिने
२६ गते बन्द सत्र तथा समापन ।
पाठक प्रतिक्रिया (2)

सेवारो, किराँत याक्थुङ खापुङहाङ सँङजुम्भोको सम्मेलन २०६९ फाल्गुण २४,२५ र २६ मा हुन गइ रहेको समाचार भर्खरै सुन्ने अवसर पाएकोमा म ज्यादै खुशी छु| हाम्रो सल्लाह पछि प्रतिकृया पठाउने प्रतिबद्धता जाहेर गर्दै यो समाचारको लागि धन्यवाद र कार्यसफलताको आग्रिम शुभकामना ब्यक्त गर्दछु| सूर्य खापुङहाङ

By
सूर्य खापुङ
बेलायत
lothik3801@hotmail.co.uk
2012/May/20

By
सूर्य खापुङ
बेलायत
lothik3801@hotmail.co.uk
2012/May/20


ठेगाना
ईमेल
प्रमाणित गर्नुहोस
प्रतिक्रिया
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com