परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं
सम्पूर्ण देश तथा विदेशहरुमा रहने खापुङहाङ वंशहरुको वंशावली तयार भएर निस्कन लागेकोमा खापुङहाङ समुदाय सामाजिक संस्था काठमाण्डौं हार्दिक शुभकामना व्यक्त गर्दछ ।
फेदाप राज्यबाट सृजना भई तेह्रथुमको मोराहाङलाई मूल थलो मान्ने खापुङ वंशहरु हाल तेह्रथुमकै ओयाकजुङ, जलजले, सम्दु, इसिबु, खाम्लालुङ, आङबुङ, बिस्कुने, म्याङलुङ, सुङनाम, ओम्फुवा, इलामको गोर्खे, समालबुङ, नाम्सालिङ, पाँचथरको याङरक, सुनसरीको धरान लगायत विभिन्न गा.वि.स., मोरङको विभिन्न गा.वि.स., झापाको विभिन्न गा.वि.स. लगायत काठमाण्डौं उपत्यकाका जिल्लाहरुमा छरिएर रहेका छन् । त्यो भन्दा लगभग आधा जनसंख्या दार्जिलिङ, सिक्किम, आसामको विभिन्न ठाउँहरु, भुटान, वर्मा, हङकङ र अन्य विकसित देशहरुमा समेत आफ्नो वंशको इतिहास लेखाइसकेका छन् ।
त्यस्तै आपसमा छरिएर रहेका खापुङहाङ वंशहरु विभिन्न ठाउँहरुबाट काठमाण्डौं उपत्यकामा फेरि गोलबद्ध रहेको समेत जानकारी गराउँछौं । २०६० सालको चैत्रमा उपत्यकाको थानकोट अवस्थित त्रिभूवन पार्कमा बनभोज आयोजना गरी प्रथम खापुङहाङ भेला गर्न सक्षम खापुङहाङ समुदायको संस्था खापुङहाङ समुदाय सामाजिक संस्था काठमाण्डौंले खापुङहाङहरुको पारिवारिक गतिविधि, आर्थिक गतिविधिहरुको जानकारी लिई मराउ पराउ र शुभकार्यमा प्रत्यक्ष सहभागी हुने प्रतिबद्धताका साथ अघि बढिरहेको छ । वाषिर्क बनभोज भेला गरी नयाँ समितिको चयन गर्ने
गरेको यस संस्था यस वंशावलीको लागि समेत आफ्नो तर्फाट महत्वपूर्ण कार्यहरुको लागि दिलोज्यान दिएको जानकारी गराउदै वंशावली प्रकाशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न पाएकोमा गौरान्वित गर्दछ/ठान्दछ ।
टंक खापुङहाङ अध्यक्ष खापुङ समुदाय
सामाजिक संस्था काठमाण्डौं
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com