परिचय

प्रथम प्रयास

खापुङहाङ थरबारे

खापुङहाङ समुदाय सामाजिक संस्था काठमाडौं

किरात जातिको मूल थलो

मन्तव्यहरु

::  यता क्लिक गर्नु होस

दुई शब्दहरु

::  यता क्लिक गर्नु होस

शुभकामनाहरु

::  यता क्लिक गर्नु होस

लेखहरु

::  यता क्लिक गर्नु होस

हालसम्म वंशावली कार्यलाई टेवा पुर्‍याउनका लागि उत्साहका साथ सहयोग दिने व्यक्तिहरुको विवरण निम्नप्रकार छ।

Click Here
खापुङहाङ थरबारे
मूलथलो पोक्लाबाङबाट छुट्टिएर सर्ने क्रममा एक भाइ हालको मोराहाङमा आई बसे । बस्ने तथा घर गुजारा गर्ने क्रममा एक ठूलो रुखको फेदमा घर बनाई बसे । जुन रुख चाहिँ काभ्राको थियो भन्ने भनाइछ । लिम्बू भाषामा काभ्रालाई "खावा" र रुखको बोटको फेदलाई "बुङ" भनिन्छ । समय वित्जै जाँदा काभ्राको फेदमा बस्ने व्यक्तिलाई "खावाबुङ" भन्न थालियो । हुँदैजाँदा खावाबुङ शब्द अपभ्रंश भई खापुङ हुन गएको हो भन्ने बुढापाका लगायत पूर्खाहरुको भनाई छ । यसरी पोक्लाबाङबाट छुट्टिएर सरी आउने अग्रज पूर्खा तेनहाङ थिए । तिनै तेनहाङ भन्ने पूर्खाले यही मोराहाङमा बस्दै जाने क्रममा आफ्नो प्रभुत्व जमाउँदै गए । प्रभुत्वशाली व्यक्ति भएपछि तिनै व्यक्ति राय (राजा) भए । तेनहाङ राजा भएपछि थालायकमा राज्य गरी बस्ने तेह्रथरे राजालाई जितेर हटाएपछि खिरौले डाँडादेखि पूर्व फेदापमा गाभेर आपुङ्गी राजा भएर बसेको इतिहास साक्षी छ । यस भनाईलाई पुष्टि गर्न पृथ्वीनारायण शाहले यस भू-भागलाई नेपाल राज्यमा एकिकरण गर्नुभन्दा अगाडि मोरङको राजाले हाङसु रायलाई लालमोहर दिएकोमा खिरौले डाँडा पूर्व भन्ने उल्लेख गरेको पाइन्छ । यसरी तिनै तेनहाङ पूर्खा राजा भएपछि नै उपरोक्त उल्लेख भए अनुुसारको थर "खापुङ" नामाकरण भएको हो ।
लिम्बू भाषामा राजालाई हाङ भनिन्छ । त्यसैले तिनै तेनहाङ पूर्खा राजा भएकोले "खापुङ" मा थप प्रत्यय "हाङ" थपिन गई खापुङहाङ थर हुन गएको हो भन्ने बुढापाकाहरुले आफ्नो राय व्यक्त गर्दछन् । उपरोक्त भनाईहरुलाई पुष्टि गर्नको लागि हाल पनि मोराहाङमा काभ्रे खेत (पुरानो खावाबुङ रहेको स्थान) रानीपोखरी, फूलबारे, अलैचे, बिमिरे वलेखु, याङ्रके, काहुले कोठेबारी आदि स्थानहरु छन् । काहुले भन्ने ठाउँमा राजाको घोडा बाँध्ने ढुङ्गा, धान कुट्ने ओखल साथै बोक्सिमारा भन्ने ठाउँमा बोक्सिलाई अन्तिम सजायँ दिने बोक्सिमारा ढुङ्गा आज पनि हुँदैछ । राजा (हाङ) तेनहाङको पालामा रानीले शयर तथा स्थान गर्ने रानीपोखरी, बगैंचा तथा फूलबारीमा फूलबारे भन्ने ठाउँहरु छन । तत्कालिन अवस्थाको रानीपोखरी हाल खेतको रुपमा छ । त्यसै गरी बगैंचा फूलबारी भएका स्थानहरु खेतको रुपमा छन् । राजाले पैसा, रुपैया, मोहर बनाउने गरेको स्थान याङ्रके नामले चिनिने खेतको रुपमा छ । लिम्बू भाषामा "याङ्" को अर्थ रुपैयाँ हुन्छ र "थक्मा" को अर्थ बनाउनु वा कमाउनु हो । यसरी "याङथके" शब्द अपभ्रंश भएर याङ्रके हुन गएको हो भन्ने पर्ूखाहरुको भनाई छ । त्यस्तै "अनलोक्सु" भन्ने शब्दबाट वलेखु भन्ने ठाउँको नामाकरण हुन गएको हो । लिम्बू भाषामा "अन" भनेको घोडा र "लोक्सु" भनेको हाँक्नु वा कुदाउनु हो । तत्कालिन अवस्थामा राजाले मनोरञ्जनको लागि घोडा कुदाउने स्थान भएकोले नै त्यस ठाउँको नाम "वलेखु" रहन गएको हो भन्ने भनाई छ । त्यस्तै राजाको घोडा बाँध्ने ढुङ्गा पनि अद्यापी छँदैछ ।
राजाको शासनकालमा दण्ड सजायँको लागि बोक्सी भनी ठहरिएका व्यक्तिहरुलाई फलामको साङलाले झुण्डयाएर मार्ने वा मृत्यु दण्ड दिने चलन थियो । राजाले त्यस्ता बोक्सी ठहरिएका विशेषगरी महिला (आइमाई) हरुलाई झुण्डयाउनको लागि बाँध्न वा साङला अडयाउन त्यस बोक्सिमारा ढुङ्गाको माथिल्लो भागमा वा टुप्पोमा धेरै लहरै दुलाहरु आज पनि देख्न सकिन्छ र त्यो ढुङ्गा अद्यापि छँदैछ ।
स्रोतः बुढापाकाहरु
सङ्कलक सचिव विष्णु कुमार खापुङ
मोराहाङ-४ खापुङहाङ वंशावली संकलन तथा निर्माण समिति
खापुहाङ समाचारहरु
© All Copyright Reserved by Khapunghang.com
Website Developed by Sudhir Limbu, Dharan, Nepal, Email: s_limbu@yahoo.com